Nepal Life

कुमारी क्यपिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

NMB Bank
  • BFIS News
  • 2023 Jul 26 21:01
कुमारी क्यपिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध
National Life

काठमाडौं । कुमारी क्यपिटल लिमिटेड नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ ।आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपीएसमा आबद्ध भएको कुमारी क्यापिटलले जनाएको छ ।

Shikhar
NIMB

सम्झौतापत्रमा कुमारी क्यपिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौता पश्चात कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणमा क्यापिटलका इकाइधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र अन्य विभिन्न सेवाहरु पनि थपिने छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया