Nepal Life

गठबन्धन परिवर्तन सँगै लाग्यो पहिलो सर्किट, कारोबार खुल्ने वित्तीकै ४.०४ प्रतिशतको सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 11:09
गठबन्धन परिवर्तन सँगै लाग्यो पहिलो सर्किट, कारोबार खुल्ने वित्तीकै ४.०४ प्रतिशतको सुधार
Sanima Reliance

काठमाडौं । सत्ता गठबन्धमा आएको परिवर्तन सँगै दोस्रो बजारमा पहिलो सर्किट लागेको छ । कारोबार खुल्ने वित्तीकै ४.०४ प्रतिशतले सुधार भएको छ । कारोबार खुलेको ३० मिनेटभित्र ४ प्रतिशतले सुधार भएमा सर्किट लागेर कारोबार बन्द हुने व्यवस्था छ । 

NIMB

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

सोमबार नेप्से सूचक ७९.२९ अंकले घटेर २०३९.६० अंक कायम भएको छ । अव ४० मिनेट कारोबार बन्द रहनेछ । अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा सँगै शेयर बजारमा उछाल आएको हो । शेयर बजारले अर्थमन्त्रीमा विष्णु पौडेललाई रियाक्ट गर्दै आएको छ । डा. प्रकाशशरण महत अर्थमन्त्री भए पछि शेयर बजारमा खासै उल्लेख्य सुधार हुन सकेको छैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया