Nepal Life

सत्ता समिकरणमा आएको परिवर्तनले लगानीकर्ता मालामाल, २३० कम्पनीको शेयर मूल्य बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 12:25
सत्ता समिकरणमा आएको परिवर्तनले लगानीकर्ता मालामाल, २३० कम्पनीको शेयर मूल्य बढ्यो
Sanima Reliance

काठमाडौं । सत्ता समिकरणमा आएको परिवर्तनले शेयर बजारका लगानीकर्ता मालामाल भएका छन् । सोमबार विहानैदेखि राजनीतिक सरगर्मी तातेको छ । नेकपा माओवादीले सत्ता साझेदार नेपाल कांग्रेसलाई पन्छाएर नेकपा एमाले र रास्वपालाई गठबन्धनमा समावेश गराएको छ । 

NIMB

त्यसमा पनि अर्थमन्त्रीमा नेकपा एमालेको तर्फबाट विष्णु पौडेल अर्थमन्त्री हुने चर्चाले पनि शेयर बजारमा सकारात्मक प्रभाव पारेको हो । अर्थमन्त्रीमा अझै पनि टुङ्गो लागेको छैन । यदि अर्थमन्त्रीमा विष्णु पौडेल नआएमा आजको सुधारले भोलि निरन्तरता पाउने सम्भावना एकदमै न्युन छ । अर्थमन्त्रीमा राश्वपाको तर्फबाट स्वर्णिम वाग्ले, माओवादीको तर्फबाट वर्षमान पुन र एमालेको तर्फबाट विष्णु पौडेलको चर्चा छ । तर कसले बाजी मार्ने हो टुङ्गो लागेको छैन । 

यहि राजनीतिक गतिविधिले शेयर बजारका लगानीकर्ता भने मालामाल भएका छन् । आज २३० वटा कम्पनीको शेयर मूल्य बढेको छ । आज ६ प्रतिशतले सर्किट लागिसकेकाले अव कारोबार खुल्दैन । ५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा बाँकी ४० भन्दा धेरै वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । म्युचुअल फण्ड बाहेक सबै सूचक बढेका छन् । ग्लोबल आइएमई लघुवित्त र गणपति लघुवित्तको शेयर मूल्य भने घटेको छ । बाँकी सबै बढेका छन् । यदि आजको सुधारले निरन्तरता पायो भने मात्रै लगानीकर्ताले फाइदा गर्न सक्छन् । होइन भने आजको सुधारले खासै प्रभाव पार्ने छैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया