Nepal Life

महोत्तरीमा एनएमबी बैंक लुटपाट गर्ने डाँका समूहका एक भारतीय युवक पक्राउ

NMB Bank
  • BFIS News
  • 2023 Jul 27 11:00
महोत्तरीमा एनएमबी बैंक लुटपाट गर्ने डाँका समूहका एक भारतीय युवक पक्राउ
National Life

जलेश्वर। महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनीका २० वर्षीय अजय कुमार साफी रहेका छन्।

Shikhar
NIMB

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख रुपैयाँ लुटेको घटनामा साफी संलग्न थिए। चार/पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए। डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए।

साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो। लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ। चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। (रासस)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया