Nepal Life

नव नियुक्त अर्थमन्त्रीलाई नेपाल सेयरधनी सङ्घका अध्यक्ष पाण्डेको १० सुझाव

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 19:06
नव नियुक्त अर्थमन्त्रीलाई नेपाल सेयरधनी सङ्घका अध्यक्ष पाण्डेको १० सुझाव
Sanima Reliance

काठमाडौं । नेपाल सेयरधनी सङ्घका अध्यक्ष घनश्याम पाण्डेले अर्थमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालमा पूँजी बजारमा देखिएका समस्या समाधानका लागि ६ वटा सुझाव प्रस्तुत गरेका छन् । उनले अर्थमन्त्री पुनले आफ्नो कार्यकालमा पूँजी बजारमा देखिएका समस्या र समग्रमा देशको अर्थतन्त्रमा देखिएका असरहरुलाई समाधान गर्ने कुरामा लगानीकर्ताहरु विश्वस्त रहेको समेत जनाएका छन् ।

NIMB

पूँजी बजार सुधारका लागि अर्थमन्त्री पुनले चाल्नु पर्ने कदमहरु

१. बजारलाई चलायमान बनाउन अर्थमन्त्रीले पुँजीगत लाभकर घटाएर दीघकालीन लगानीकर्ताको लागि ३ प्रतिशत र अल्पकालीन लगानीकर्ताको लागि ५ प्रतिशत कायम गर्नु पर्छ । लाभकर घटाउँदा कारोबार बढ्न गई राजश्व झन् वृद्धि हुन्छ ।

२. धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउन सिफारिस गरेर अर्थ मन्त्रालयमा पठाएको छ । बोर्डको प्रस्ताव अनुसार नै ब्रोकर कमिशन घटाउने निर्णय अर्थमन्त्रीले गरिदिनु पर्छ ।

३. कर्जाको ब्याज एकल अंकमा ल्याउने वातावरण बनाउनु पर्छ ।

४. ब्रोकर मार्फत मार्जिन ल्यन्डिङ को तत्काल नीतिगत व्यबस्था गर्नु पर्छ ।

५. सबै शेयर धितोकर्जाको जोखिमभार घटाएर १०० प्रतिशत मै कायम गर्नु पर्छ । अहिलेको अवस्थामा शेयर धितो कर्जामा जोखिम छैन भन्ने विषय बुझ्नु जरूरी छ । त्यस्तै शेयर खरिदको लागि लिइने ऋणमा लगाईएको १५/२० करोडको सिमा हटाउनु पर्छ ।

६. बजारको लागि एउटा स्थिर नीति हुनु पर्छ । हरेक मौद्रिक नीतिको समीक्षा मार्फत बजारलाई प्रभाव पार्ने नीति आउनु हुदैन ।

७. नेपालमा पूँजी बजारलाई कहिले सट्टेबाजी, कहिले जुवाघर, कहिले अनुत्पादक लगानीको क्षेत्र भनेर बजारप्रति नकारात्मक टिका टिप्पणी गरेर बजारको लय बिगार्ने काम नियमन गर्ने निकायबाट गर्नु हुदैन ।

८. स्टक मार्केटमा नयाँ साझेदार र प्रविधि ल्याउनु पर्छ ।

९. कमोडिटी एक्सचेन्ज आउनु पर्छ ।

१०. धितोपत्र  बोर्डमा लामो समय अध्यक्ष नहुँदा अनेकौ काम रोकिएका छन् । बोर्डमा योग्य व्यक्तिलाई  अध्यक्ष नियुक्त गर्नु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया