Nepal Life

सुन तस्करी बढे पछि अर्थमन्त्री महतले गरे त्रिभुवन विमानस्थलको निरीक्षण

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Thu 11:10
सुन तस्करी बढे पछि अर्थमन्त्री महतले गरे त्रिभुवन विमानस्थलको निरीक्षण
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । महत आज बिहानै निरीक्षणका विमानस्थल पुगेका थिए । विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् ।

NIMB

केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो । उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन् । यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गरेका थिए ।

विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ । तस्करीमा संलग्न भरियालाई नियन्त्रणमा लिने तर मुख्य योजनाकारलाई पक्राउ नगरेको भन्दै नागरिकस्तरबाट प्रश्नसमेत उठ्ने गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया