NIMB Header 2
Nepal Life

तपाईलाई सर्वोत्तमको आइपिओ पर्यो कि परेन ? यसरी हेर्नुहोस् नतिजा

National Life
  • BFIS News
  • 2024 Mar 08 10:31
तपाईलाई सर्वोत्तमको आइपिओ पर्यो कि परेन ? यसरी हेर्नुहोस् नतिजा
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट भएको हो।

Shikhar
NIMB

नतिजा हेर्नका लागि सिडिएससीले आइपिओको नतिजा हेर्नका लागि निर्माण गरेको अनलाइन प्रणाली आइपिओ रिजल्टमा क्लिक गरेर हेर्न सकिनेछ । लगानीकर्ताले आइपिओ रिजल्टको साइट खोलेर सर्वोत्तम सिमेन्टको नाम क्लिक गरि आफ्नो १६ अंकको डिम्याट खाता खोलेर हेर्न सकिनेछ ।

लगानीकर्ताले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाइट मार्फत पनि नतिजा हेर्न सक्ने छन् । यसबाट पनि लगानीकर्ताले सर्वोत्तम सिमेन्टको नाम क्लिक गरि आफ्नो १६ अंकको डिम्याट नम्बर  राख्नुका साथै मोबाइल नम्बर समेत राख्नु पर्नेछ ।  

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ। जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। जस अनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया