Nepal Life

तपाईलाई पर्यो सर्वोत्तम सिमेन्टको आइपिओ, कतिमा होला पहिलो कारोबार ? कतिसम्म पुग्ला शेयर मूल्य ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 15:46
तपाईलाई पर्यो सर्वोत्तम सिमेन्टको आइपिओ, कतिमा होला पहिलो कारोबार ? कतिसम्म पुग्ला शेयर मूल्य ?
Sanima Reliance

काठमाडौं । सर्वत्तम सिमेन्टको आइपिओ ५५ हजार ५२१ जनाले हात पारेका छन् । उनिहरु मध्ये २६ जनाले ५१ कित्ता र अरुले ५० कित्ताका दरले शेयर प्राप्त गरेका हुन् । 

NIMB

बुक विल्डिङ विधिबाट पहिलो पटक आइपिओ निष्काशन गरेको सर्वोत्तम सिमेन्टको आइपिओमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो भने लगानीकर्ताहरुले पनि न्युनतम ५० कित्ता शेयर प्राप्त गरेका हुन् । लगानीकर्ताले प्राथमिक बजारमै प्रतिकित्ता ३६०.९ रुपैयाँको दरले ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँ भुक्तानी गरेका छन् । 

कतिमा होला पहिलो कारोबार

यति धेरै पैसा हालेर खरिद गरिएको कम्पनीको शेयर दोस्रो बजारमा भने न्युनतम १८५.३६ रुपैयाँदेखि अधिकतम ५५६.०८ रुपैयाँबाट सुरु हुनेछ । यदि दोस्रो बजारमा सूचिकृत भएको भोलिपल्ट ओपनिङ सेसनमा जुन मूल्यमा पहिलो म्याचिङ हुन्छ त्यहि मूल्यबाट घटबढ सुरु हुनेछ । 

यदि पहिलो कारोबार अधिकतम मूल्यमै भयो भने लगानीकर्ताले पहिलो दिनमै १९५ रुपैयाँ फाइदा कमाउने छन् । यहि मूल्यमा शेयर बिक्री गरियो भने पनि १९५ रुपैयाँको दरले ९ हजार ७५९ रुपैया मुनाफा हुनेछ ।

यस भन्दा अगाडी प्राय पहिलो कारोबार अधिकतम रेञ्जबाटै सुरु हुने गरेको पाइन्छ । बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन हुँदा कम्पनीले प्रारम्भिक रुपमा निर्धारण गरेको मूल्य भन्दा धेरै कममा झरेको थियो ।

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशत अर्थात ६० करोड कित्ता शेयर मध्ये आयोजना प्रभावित र वैदेशिक रोजगारीम गएका नेपालीका लागि आइपिओ निष्काशन गरेको थियो । वैदेशिक रोजगारमा गएका नेपालीले आह्वान गरे जति सबै शेयर खरिद गरेका थिए । जहाँ मागे जति सबैले शेयर हात पारेका हुन् । तर प्रभावित क्षेत्रका बासिन्दाले भने शेयर खरिद गर्न चाहेनन् । यसरी प्रभावितले खरिद नगरेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर पनि सर्वसाधारणका लागि बिक्री गरिएको थियो । 

यसरी प्रभावितले खरिद नगरेको सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा सामुहिक लगानीकोषहरुका लागि एक लाख ५४ हजार २२७ कित्ता र कर्मचारीका लागि पनि ५४ लाख २२७ कित्ता शेयर बाँडफाँड गरिएको छ । म्युचुअल फण्डले अवको ६ महिनासम्म दोस्रो बजारमा बिक्री गर्न पाउने छैनन् । 

कम्पनीले प्राथमिक बजारबाट एक अर्ब ५६ करोड ५४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब ६५ करोड पुगेको छ । कम्पनीले प्राथमिक शेयर पश्चात ६० करोड पूँजी र एक अर्ब ५६ करोड प्रिमियम सहित २ अर्ब १६ करोड ५४ लाख उठाएको हो । अहिले नै कम्पनीको जगेडा कोषमा साढे तीन अर्ब भन्दा माथि रहेको छ । आइपिओ निष्काशन पछि ५ अर्ब नाघ्नेछ । यस हिसावले कम्पनीले आगामी वर्षमा आकर्षक लाभांश दिन सक्नेछ । यसले गर्दा पनि कम्पनीको प्राथमिक शेयरमा सर्वाधिक आकर्षण देखिएको थियो । माग भन्दा २० गुणा बढि आवेदन परेको थियो । 

अवको तीन वर्षसम्म कम्पनीको संस्थापक शेयर दोस्रो बजारमा फ्लट हुने छैन । यसले गर्दा अवको बुलमा सर्वोत्तमले शेयर मूल्यमा सर्वाधिक नयाँ रेकर्ड बनाउने निश्चित छ । त्यसमा पनि सर्वसाधारणका लागि एक दमै कम शेयर मात्रै फ्लट भएको हुँदा कम्पनीको शेयरमा लगातार सर्किट लाग्नेछ । 

सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा आउन सक्ने बढोत्तरीलाई ध्यानमा राख्दै लगानीकर्ताहरुले अन्य सिमेन्ट कम्पनीको शेयर मूल्य पनि बढाइरहेका छन् । कम्पनीले प्रिमियमबाट संकलन भएको केहि रकम दीर्घकालिन कर्जा भुक्तानीमा प्रयोग गर्नेछ भने यसै वर्ष लाभांश दिन सक्ने अवस्थामा छ । शेयर बजार अहिलेको अवस्थामा सर्वाधिक तल्लो विन्दुमा झरेकाले अवको बुलमा सर्वोत्तम ब्लुचिप कम्पनीको रुपमा स्थापित हुन सक्ने  विश्लेषण गरिएको छ । 

अघिल्लो बियरिस मार्केटमा प्रिमियम सहित आइपिओ निष्काशन गरेको शिवम् सिमेन्टको शेयर मूल्य गएको बुलमा धेरै नै बढ्यो । कम्पनीको शेयर मूल्य १७ सयसम्म पुग्यो । जतिवेला शिवमले प्रिमियमबाट लगातार दुई तीन वर्ष आकर्षक लाभांश वितरण गर्यो । यसले गर्दा तत्कालका लागि कम्पनीको शेयर मूल्य अधिकतम १००० रुपैयाँसम्म पुगे पनि बजार बढ्दो क्रममा अगाडी बढ्यो भने यस पटकको सर्वाधिक आकर्षक शेयरमा सर्वोत्तम पर्नेमा दुई मत छैन । यसले गर्दा कम्पनीको आइपिओ खरिद कर्ताले एक वर्ष कुर्ने हो भने हिजोका दिनमा शिवम् सिमेन्टको शेयर मूल्य हाराहारीमा पुग्ने निश्चित छ । तर बजार धेरै सुधार हुने अवस्था रहेन भने पनि कम्पनीको शेयर मूल्य शिवम, घोराहीको भन्दा राम्रै मूल्य कायम गर्ने देखिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया