शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा विभिन्न पदमा रोजगारीको अवसर

  • BFIS News
  • 2023 Jul Thu 12:45
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा विभिन्न पदमा रोजगारीको अवसर

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदमा रोजगारीको आवेदन खुला गरेको छ । लुम्बिनी प्रदेशका लागि व्यवसाय र आइटीम ट्रेनी असिस्टेन्टको बिज्ञापन खुला गरिएको छ । यसका लागि न्युनतम पनि सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ । २७ वर्ष ननाघेकाले मात्रै आवेदन दिन पाउने छन् ।

 

बुटवल स्थिति केन्द्रिय कार्यालयका लागि जुनियर अफिसर र सिनियर अफिसर पदमा रिसर्च डेभलपमेन्ट इन्चार्जमा दरखास्त खुला गरिएको छ । यसका लागि व्यवस्थापन, सञ्चार, कानुन, सूचना प्रविधिमा न्युनतम पनि स्नातकोत्तर गरी ५ वर्षको कार्यानुभव हुनु पर्नेछ ।

व्यवस्थापकीय पदका लागि एसएमइ क्रेडिट हेडको पनि दरखास्त आह्वान गरिएको छ । यसका लागि पनि व्यवस्थापन विषयमा स्नातकोत्तर गरी कम्तिमा पनि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । जसमा दुई वर्ष एसएमईमा काम गरेको हुनु पर्नेछ । व्यवस्थापकीय पदका लागि रिटेल क्रेडिट हेडमा अनुभवी कर्मचारीका लागि दरखास्त खुला गरिएको छ । यस पदका लागि पनि न्युनतम ५ वर्षको कार्यानुभव र स्नातकोत्तर गरेको हुनु पर्छ ।

जुनियर अफिसरदेखि सिनियर अफिसर पदका लागि ट्रेड फाइनान्स इन्चार्ज आह्वान गरिएको छ । यस पदका लागि पनि ३५ वर्ष ननाघेको र व्यवस्थापन विषयमा स्नातकोत्तर गरि कम्तिमा ५ वर्षको कार्यानुभव हुनु पर्छ । लिगर अफिसर पदमा पनि विज्ञापन खुलेको छ । यस पदका लागि ३५ वर्ष ननाघेको र बैंक वित्तीय संस्थामा कम्तिमा पनि २ वर्ष काम गरेको हुनु पर्नेछ । इच्छुक आवेदकले यहि साउन २५ गतेसम्ममा अनलाइनबाटै आवेदन दिन सक्ने छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया