Nepal Life

लगानीकर्ताको राय सहित शेयर बजार सुधार सम्बन्धी कार्यदिशा पेश गर्न अर्थमन्त्रीको निर्देशन

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 08:46
लगानीकर्ताको राय सहित शेयर बजार सुधार सम्बन्धी कार्यदिशा पेश गर्न अर्थमन्त्रीको निर्देशन
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको राय सहित शेयर बजार सुधार सम्बन्धी राय सुझाव पेश गर्न निर्देशन दिएका छन् । पुनले नेपाल धितोपत्र बोर्ड, सिडिएससी र नेपाल स्टक एक्सचेन्जलाई पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिइ सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।

NIMB

अर्थमन्त्रीको निर्देशन अनुरुप अर्थमन्त्रालयले सुझाव उपलब्ध गराउन तीन वटै निकायलाई पत्राचार गरेको छ । पुनले शेयर बजारको सुधारका लागि पहल गर्ने बताउदै आएका छन् । उनि शेयर बजारका लगानीकर्ताको कन्फिडेन्स बढाउन लागि परेका छन् । डा. बाबुराम भट्टराईको पालामा अर्थमन्त्री बनेका पुनको कार्यकालमा शेयर बजारमा सुधार देखिएको थियो । यसले गर्दा पनि आम लगानीकर्ताको उनि प्रति विश्वास बढेको हो । यद्दपी गभर्नर महाप्रसाद अधिकारी र उनको सम्बन्धले आगामी दिनको शेयर बजारको कार्यदिशा तय हुनेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया