NIMB Header 2
Nepal Life

नेशनल लघुवित्त र माउन्टेन इनर्जी नेपालको सेयरमूल्य समायोजन

National Life
  • BFIS News
  • 2024 Mar 12 16:45
नेशनल लघुवित्त र माउन्टेन इनर्जी नेपालको सेयरमूल्य समायोजन
Sanima Reliance

काठमाडौं। नेशनल लघुवित्त र माउन्टेन इनर्जी नेपालको सेयरमूल्य समायोजन भएको छ। नेसनल लघुवित्तले घोषणा गरेको ७.५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो। समायोजित मूल्य अनुसार अब स्वरोजगार लघुवित्तको कारोबार ११३४.८८ रुपैयाँमा खुल्नेछ।

Shikhar
NIMB

आज कम्पनीको अन्तिम कारोबार १२२० रुपैयाँमा भएको थियो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसमेत गरि ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यता माउन्टेन इनर्जी नेपालले घोषणा गरेको १५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको छ। समायोजित मूल्य अनुसार अब कारोबार ५५७.३९ रुपैयाँमा खुल्नेछ। आज कम्पनीको अन्तिम कारोबार ६४१ रुपैयाँमा भएको थियो। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले फागुन ३० गते बुकक्लोज गर्दै छन्।

नेशनल लघुवित्त वित्तीय संस्थाले दशौँ वार्षिक साधारण सभा चैत १६ गते धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेमा बोलाएको छ। सभा बिहान साढे १० बजे शुरु हुनेछ। यता, त्यस्तै, माउन्टेन इनर्जी नेपालले चैत १३ गते, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा बिहान साढे १० बजे सभा बोलाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया