Nepal Life

अपर तामाकोशीको शेयरमा नकारात्मक सर्किट लाग्दा बजार घट्यो, अर्थमन्त्री फ्याक्टरमा नाफा बुक

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 15:13
अपर तामाकोशीको शेयरमा नकारात्मक सर्किट लाग्दा बजार घट्यो, अर्थमन्त्री फ्याक्टरमा नाफा बुक
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हकप्रद शेयर सूचिकृत भए सँगै दोस्रो बजारमा नकारात्मक सर्किट लाग्दा यसको असर दोस्रो बजारमा समेत परेको छ । २१ अर्ब १८ करोड रुपैयाँको अपर तामाकोशीको शेयरमा नकारात्मक सर्किट लाग्दा मंगलबार उछाल आएको शेयर बजारमा आज भने ब्रेक लागेको छ ।

NIMB

अर्थमन्त्रीले पूँजी बजारको सुधारका लागि सुझाव आह्वान गरेको भन्दै हिजो मंगलबार ५८.५८ अंकले बढेको थियो । तर आज भने २.४८ अंकले घटेर २१०८.७२ अंकमा झरेको छ । शेयर बजारमा २२ सयको अवरोध विगत धेरै लामो समयदेखि रहदै आएको छ । यस अवरोधलाई तोड्न धेरै सकस परिरहेको सन्दर्भमा अर्थमन्त्री पुनको जोडबलले बढ्ने हो कि भन्ने लगानीकर्ताले अपेक्षा गरेका थिए । तर बजार सुधारका लागि अर्थमन्त्री एक्लैको पहलले मात्रै हुँदैन । यसलाई अर्थतन्त्रका अन्य पक्षहरुले पनि सपोर्ट गर्नु पर्छ ।

आज ९४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । केहि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा उछाल आएको छ भने हाइड्रोपावर, होटल तथा पर्यटनको सूचकमा गिरावट देखिएको छ । कारोबार रकम ४ अर्ब २४ करोडको भएको छ । जस मध्ये सर्वाधिक धेरै शिवम् सिमेन्टको २५ करोडको कारोबार भएको छ । अपरको पनि १५ करोड ५४ लाखको खरिद बिक्री भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया