सिटिजन बैंकको मुनाफा १० प्रतिशतले बढ्यो, लाभांश वितरण गर्ने क्षमता कति ?

  • BFIS News
  • 2023 Jul Fri 10:15
सिटिजन बैंकको मुनाफा १० प्रतिशतले बढ्यो, लाभांश वितरण गर्ने क्षमता कति ?

काठमाडौं ।  सिटिजन्स बैंकले आर्थिक वर्ष २०७९/८० मा १०.४१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५६ लाख खुद मुनाफा गरेको छ  भने गएको आर्थिक वर्षमा २ अर्ब २१ करोड पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८५ करोड रहेको छ । त्यस्तै कुल संचालन आम्दानी १०.७९ प्रतिशतले बढेर ६ अर्ब ९३ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने २१.९८ प्रतिशतले घटेर १ अर्ब ३ करोड कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप १०.५० प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब पुगेको छ भने कर्जा प्रवाह ६.९० प्रतिशतले बढेर १ खर्ब ४० अर्ब पुगेको छ । बैंकको खराब कर्जा भने २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ ।  १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ संचित रहेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्द्नै १५.५९ रुपैयाँ , प्रति शेयर नेटवर्थ १५०.०८ रुपैयाँ र पीई रेसियो ११.१ गुणा रहेको छ  १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया