एनआईबिएल सहभागिता फण्डले घोषणा गर्यो लाभांश, लाभांशलाई पुनः लगानी गर्न पाइने

  • BFIS News
  • 2023 Jul Fri 11:47
एनआईबिएल सहभागिता फण्डले घोषणा गर्यो लाभांश, लाभांशलाई पुनः लगानी गर्न पाइने

काठमाडौं ।  एनआईबिएल सहभागिता फण्डले आर्थिक वर्ष २०७९/८० को  मुनाफाबाट लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले एनआईबिएल सहभागिता फण्डका इकाईधनीहरुलाई कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त नगद लाभांश वितरण प्रयोजनार्थ सञ्चालक समितिले साउन ११ गते नै बुक क्लोज गर्ने निणर्य गरेको छ । यसको अर्थ सो मितिसम्म कायम रहेका सम्पूर्ण इकाईधनीहरुमात्रै प्रतिफल पाउन योग्य हुने क्यापिटलले जनाएको छ ।

यो खुलामुखी योजना हो । यस योजनाका इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइ खरीद गर्न सक्ने क्यापिटलले जनाएको छ । यसअघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाईधनीहरुको हितग्राही खातामा यथाशीघ्र इकाई पठाइने पनि क्यापिटलले जानकारी दिएको हो ।  यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार