एनआईसी एशियाको नयाँ एटिएम रौतहटको भवानीपुरमा

  • BFIS News
  • 2023 Jul Fri 11:57
एनआईसी एशियाको नयाँ एटिएम रौतहटको भवानीपुरमा

काठमाडौं । एनआइसी एशिया बैंकले रौतहटको गुजरा नगरपालिका स्थित भवानीपुरमा नयाँ एटिएम सञ्चालमा ल्याएको छ । बैंकको भवानीपुर शाखाले उक्त एटिएम सञ्चालनमा ल्याएको हो ।

 

एटीएम सेवा उपलब्ध गराउन ग्राहकले गर्दै आएको आग्रह बमोजिम सेवा शुरू गरिएको बैंकले जनाएको छ । बैंकको मुख्य उद्देश्य ग्राहकको बैंकिङ आवश्यकता पूरा गर्नु रहेको छ । बैंकले आधुनिक प्रविधिमार्फत छिटो छरितो तथा विश्वसनीय सेवा प्रदान गराउने लक्ष्य समेत लिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार