धादिङको ताल्तीमा सानिमा बैंकको एटीएम

  • BFIS News
  • 2023 Jul Fri 12:00
धादिङको ताल्तीमा सानिमा बैंकको एटीएम

काठमाडौं । सानिमा बैंक लिमिटेडले धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीस्थित ह्वासिन सिमेन्ट नारायणी उद्योग परिसरमा एटीएम बुथ स्थापना गरेको छ ।

बेनीघाट रोराङ गाउँपालिका–२ का अध्यक्ष हेमराज भुजेल, उद्योगका महाप्रबन्धक शियाङ चाङ हङ, बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ र बैंकका बागमती प्रदेश क्लस्टर–२ का प्रमुख निरज सिम्खडाले बुथको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । बैंकका प्रमुख संस्थागत निक्षेप श्रेष्ठले यस क्षेत्रका नागरिकको वित्तीय आवश्यकतालाई महसूस गरी एटीएम स्थापना गरिएको बताइन् । आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा सहकार्य गर्दै जाने उनको भनाइ छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया