सिटिजन बैंकको सेमरा शाखामा एटिएम सेवा सुरु

  • BFIS News
  • 2023 Jul Fri 12:23
सिटिजन बैंकको सेमरा शाखामा एटिएम सेवा सुरु

काठमाडौैं । सिटिजन्स बैंकले तिलोत्तमाको सेमरा बजारमा एटिएम सेवा सुरु गरेको छ । बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ सेमरा बजारमा रहेको सेमरा शाखामा बिहीबारदेखि एटिएम सेवा सुरु गरेको हो ।

एटिएमको उद्घाटन गर्दै बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप श्रेष्ठले एटीएम सेवाबाट ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे ।  उनका अनुसार सिटिजन्सका देशभर १८८ शाखाबाट बैंकिङ सेवा दिईएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ५१ शाखा छन् । त्यस्तै सेमरा बजारको सहित १४७ ठाउँमा एटिम सेवा प्रदान गरेको छ । बैंकका सेमरा शाखा प्रबन्धक एकनारायण अर्यालका अनुसार सेमरा शाखामा हाल ११ हजार बढी ग्राहक छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार