साना लगानीकर्तालाई राहात, ५० लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार

  • BFIS News
  • 2023 Jul Fri 17:16
साना लगानीकर्तालाई राहात, ५० लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना लगानीकर्तालाई राहात दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकिकृत निर्देशन संशोधन गर्दै सेयर धितोकर्जामा २५ लाखसम्म कर्जा दिँदा कायम गर्नुपर्ने १०० प्रतिशत जोखिम भारको सिमालाई बढाएर ५० लाख पुर्‍याएको छ ।

राष्ट्र बैंकको यस्तो निर्देशन सँगै ५० लाखसम्म सेयर कर्जा प्रवाह गर्दा सत प्रतिशत मात्रै जोखिम गणना गरे पुग्नेछ । यस भन्दा अगाडी २५ लाख भन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भार रहन्थ्यो । यस्तो व्यवस्थाले मध्यम प्रकृतिका लगानीकर्तालाई कर्जा प्रवाह गर्न प्रोत्साहन गरेको छ ।

यस अगाडी १५० प्रतिशत जोखिम भार गणना गर्नु पर्दा बैंकहरु सँग शेयर धितो कर्जा प्रवाह गर्ने क्षमता एकदमै कम हुन्थ्यो । अझै पनि ५० लाख भन्दा माथिको शेयर धितो कर्जा प्रवाह गर्दा १५० प्रतिशत जोखिम भार गणना गर्नु पर्ने भएकाले ठुला लगानीकर्तालाई बैंकहरुले निरुत्साहित गर्ने छन् ।

राष्ट्र बैंकले ठुला लगानीकर्तालाई अझै पनि निरुत्साहित पार्न खोजेको छ ।  राष्ट्र बैंकले गत साउन ७ गते मौद्रिक नीति जारी गर्दै शेयर धितो कर्जाको जोखिम भार गणनामा पुनरावलोकन गर्ने उल्लेख गरेको थियो । यहि कारणले साउन ७ गते शेयर बजारमा उल्लेख्य सुधार देखियो । जव गभर्नर अधिकारीले पत्रकार सम्मेलनमा सबै किसिमका कर्जामा जोखिम भारको गणना प्रणाली उहि नहुने अभिव्यकि दिए त्यस पछि शेयर बजार लगातार घट्दै आइरहेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया