ब्याजदर करिडोरको तल्लो सीमा घट्यो, नीतिगत दर ६.५ प्रतिशत

  • BFIS News
  • 2023 Jul Fri 17:44
ब्याजदर करिडोरको तल्लो सीमा घट्यो, नीतिगत दर ६.५ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर करिडोरको तल्लो सिमा घटाएको छ । व्याजदर करिडोरको तल्लो सिमाको रुपमा रहने निक्षेप संकलन दरलाई एक प्रतिशत विन्दुले घटाएर ६.५ प्रतिशत मा झारिएको छ  ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी एकिकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले निक्षेप संकलन दर र र नीतिगत दर घटाएको हो ।

वाणिज्य बैंकहरुको निक्षेप संकल दर घटाएसंगै रिपो दर शून्य दशमलव ५० प्रतिशत बिन्दुले घटेको छ । यसअघि वाणिज्य बैंकहरुमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ प्रतिशत थियो । यता, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ५.५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दर ७ प्रतिशत थियो ।

राष्ट्र बैंकले स्थायी तरलता सुविधा दरलाई भने ७.५ प्रतिशतमा यथावत राखेको छ । तर, तल्लो सीमाको रुपमा रहेको निक्षेप सङ्कलन दरलाई ४.५ प्रतिशत पुर्‍याइएको छ । त्यस्तै, नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ६.५ प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले साउन ७ गते मौद्रिक नीति जारी गर्दै व्याजदरका सिमामा पुनरावलोकन गर्ने घोषणा गरेको थियो । मौद्रिक नीतिको कार्यान्वयन गर्ने क्रममा आज यस्तो व्यवस्था गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार