Nepal Life

अपि पावरको हकप्रद साउन ३१ गतेदेखि निष्काशन, ऋण तिर्ने उद्देश्य

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Sun 09:08
अपि पावरको हकप्रद साउन ३१ गतेदेखि निष्काशन, ऋण तिर्ने उद्देश्य
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनीले आगामी साउन ३१ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको हो । कम्पनीले आगामी भदौ १९ गतेसम्म बिक्री खुला गर्ने छ । 

NIMB

कम्पनीको  हालको चुक्ता पूँजी  चार अर्ब १३ करोड रुपैयाँ रहेको छ । यसै पूँजीको ४० प्रतिशत अर्थात १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो  ।  प्रस्तुत हकप्रद शेयर असार २१ गतेसम्म कायम शेयरधनीहरुले भर्न पाउने छन् । हकप्रद प्रयोजनका लागि गत असार २२ गते बुक क्लोज गरिएको थियो । कम्पनीले दीर्घकालिन ऋण भुक्तानीका लागि हकप्रद शेयर निष्काशन गर्न थालेको हो । कम्पनीले प्रवर्द्धन गरेका ५ आयोजनाको एक अर्ब ६८ करोड रुपैयाँ कर्जा रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया