डिजिटल बैंकिङको लाइसेन्स वितरण नगर्न बैंकहरुको लविङ

  • BFIS News
  • 2023 Jul Sun 19:28
डिजिटल बैंकिङको लाइसेन्स  वितरण नगर्न बैंकहरुको लविङ

काठमाडौं । बैंक वित्तीय संस्थाहरुले डिजिटल भुक्तानी सेवा प्रदायकको लाइसेन्स वितरण गर्न नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ‘सिविफिन’ले  हाल बैंक तथा वित्तीय संस्थाहरुले नै डिजिटल सेवा दिइरहेको अवस्थामा थप डिजिटल बैंकिङको लाइसेन्स दिइनु नहुने धारणा राखेको छ ।

 

आज चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई स्वागत तथा सुझाव पेश गर्ने क्रममा सिविफिनले हाल विद्यमान बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको अवस्था साँघुरिदै गएको अवस्थामा लाइसेन्स दिइनु नहुने बताएको हो । हाल बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ मार्फत अन्य डिजिटल भुक्तानी सेवा प्रदायकहरुले दिएको सेवा सुविधा प्रदान गर्दै आइरहेका छन् ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार