फार्स्ट माइक्रोफाइनान्सको मुनाफा २३.३९ प्रतिशतले घट्यो

  • BFIS News
  • 2023 Jul Mon 09:46
फार्स्ट माइक्रोफाइनान्सको मुनाफा २३.३९ प्रतिशतले घट्यो

 

काठमाडौं । फार्स्ट माइक्रोफाइनान्सको मुनाफा २३.३९ प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा १९ करोड ६९ लाख रुपैयाँ मुनाफ आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा २५ करवड ७० लाख थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा २३.४२ प्रतिशतले घटेर २८ करोड ४७ लाखमा सिमित भएको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्टाएको रकम १६९.५३ प्रतिशतले बढेर ११ करोड ६५ लाख पुगेको छ । यसले गर्दा कम्पनीको नाफा प्रभावित भएको छ ।

यस अवधिमा कम्पनीको खराब कर्जा ०.६६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको खराब कर्जा थिएँन । 

नाफा घटेपछि कम्पनीको वितरणयोग्य मुनाफा पनि घटेको छ। कम्पनीको वितरणयोग्य मुनाफा १९.११ प्रतिशतले  घटेर १७ करोड ७१ लाखमा सिमित भएको छ । १ अर्ब १४ करोड चुक्ता पुँजी रहको यस कम्पनीको रिजर्भमा ४३ करोड ४६ लाख रहेको छ । 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ १६ पैसा, प्रति शेयर नेटवर्थ १३७ रुपैयाँ ८७ पैसा, र पीई रेसियो ४२.९१ गुणा रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया