सरकारले बैंकिङ प्रणालीबाट पैसा फिर्ता लैजादा निक्षेप घट्यो, सिडि रेसियो बढ्दो क्रममा

  • BFIS News
  • 2023 Jul Mon 11:58
सरकारले बैंकिङ प्रणालीबाट पैसा फिर्ता लैजादा निक्षेप घट्यो, सिडि रेसियो बढ्दो क्रममा

काठमाडौं । सरकारले बैंकिङ प्रणालीबाट पैसा फिर्ता लैजादा बैंकहरुको निक्षेप संकलनमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १० दिनमा बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ बाहिरिएको छ । आर्थिक वर्ष सुरु भएसँगै १० दिनमै प्राणालीबाट १५० अर्ब रुपैयाँ बाहिरिएको हो । गत आर्थिक वर्षको अन्तिम दिन प्रणालीमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थियो । साउन १० गतेसम्म आइपुग्दा बैंकिङ प्रणालीमा ५६ खर्ब १७ अर्ब निक्षेप छ ।

साउन २ मा स्थानीयतहको १ खर्ब बढी रकम सरकारले फिर्ता लिएपछि बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा निक्षेप घटेको हो । यसका साथ साथै केहि बैंकहरुले आक्रामक रुपमा कर्जा विस्तार गरेका छन् । व्यवसायीहरुले अव दशै तिहार तथा चाडवाडका लागि सामान आयात गर्न एलसी खोल्न सुरु गर्ने छन् । यसरी सरकारले आफ्नो पैसा फिर्ता लैजाने र अर्को तर्फ बैंकहरुले व्यवसायीहरुलाई कर्जा विस्तार गर्न थाले सँगै सिडी रेसियो पनि बढ्न थालेको छ । सिडी रेसियो ८३.२७ प्रतिशत पुगेको छ । गत असार मसान्तमा सिडी रेसियो ८३.२७ प्रतिशत थियो ।

अहिले प्रणालीबाट निक्षेप बाहरिएको देखिनुको प्रमुख कारण बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण राम्रो देखाउन आफुले चिनेजानेकालाई प्रणालीमा निक्षेप हाल्न लगाउने र साउन पहिलो कारोबार दिनमै फिर्ता लैजाने व्यवस्था मिलाएका हुन्छन् ।

प्राणालीबाट निक्षेप घटेसँगै कर्जा विस्तार समेत खुम्चिएको छ । गत असार मसान्तसम्म ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकोमा साउन १० गतेसम्म २९ अर्बले घटेर ४८ खर्ब ५० अर्बमा झरेको हो । बैंकहरुको कृतिम अभ्यासले गर्दा पनि प्रणालीबाट निक्षेप र कर्जा विस्तार दुबै घटेको एक बैंकले बताए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया