Nepal Life

अपर तामाकोशीको बुक क्लोज तय, कहिलेसम्म शेयर किन्दा पाइएला १०० प्रतिशत हकप्रद ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Mon 18:32
अपर तामाकोशीको बुक क्लोज तय, कहिलेसम्म शेयर किन्दा पाइएला १०० प्रतिशत हकप्रद ?
Sanima Reliance

काठमाडौं । अपर तामाकोशीको बुक क्लोज मिति तय भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि आगामी साउन २६ गते एक दिन बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै छ ।

 

NIMB

नेपाल धितोपत्र बोर्डले गत असार २४ गते अपर तामाकोशीलाई १०० प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । 

यस कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत पुँजी संकलन गर्न लागेको हो । हकप्रद सेयरका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरीसकेको छ ।

यता, सनराइज क्यापिटलले सेयर डिम्याट गर्न बाँकी रहेका लगानीकर्तालाई सेयर अभौतिकीकरण गर्न पनि अनुरोध गरेको छ । आइपीओ मार्फत सेयर हात पारेका दोलखा जिल्लाका स्थानीले यस सनराइज क्यापिटलको वेबसाइट  https://www.sunrisecapital.com.np/upper-Tamakoshi-Local-IPO-BOID-Update मार्फत आफ्नो व्यक्तिगत विवरण भरी सेयर अभौतिकीकरण गर्न सक्नेछन् । साथै, यस क्यापिटमा उपस्थित भई फर्म भरेर पनि सेयर डिम्याट गर्न सकिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया