कुमारी बैंकको ३४ हजार ९९२ कित्ता संस्थापक शेयर बिक्रीमा

  • BFIS News
  • 2023 Aug Tue 09:07
कुमारी बैंकको ३४ हजार ९९२ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकका संस्थापक शेयरधनी प्रेम बहादुर भण्डारीले आफ्नो नाममा रहेको ३४ हजार ९९२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिनको म्याद तोकेको छ । यदि विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र खरिद नगरेमा संस्थापक भन्दा बाहिरका लगानीकर्तालाई बिक्री गर्नेछ ।

बैंकको न्युनतम शेयर मूल्य भने तोकिएको छैन । सूचनामा बिक्रेताले मूल्य तोक्ने भनिएको छ । इच्छुक आवेदकले बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार