माछापुच्छ्रे बैंकको नाफा १० प्रतिशतले बृद्धि, वितरण योग्य मुनाफामा सुधार सँगै लाभांश दिने क्षमता बढ्यो

  • BFIS News
  • 2023 Aug Wed 07:46
माछापुच्छ्रे बैंकको नाफा १० प्रतिशतले बृद्धि, वितरण योग्य मुनाफामा सुधार सँगै लाभांश दिने क्षमता बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ९.८ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले गत वर्ष एक अर्ब ८५ करोड रुपैयाँ मुनाफा गरेको छ । अघिल्लो वर्षको मुनाफा एक अर्ब ६८ करोड रुपैयाँ थियो ।

यस वर्ष वितरण योग्य मुनाफामा पनि उल्लेख्य बृद्धि भएको छ । यस वर्ष वितरण योग्य मुनाफा एक अर्ब ५६ करोड रुपैयाँ रहेको छ । वितरण योग्य मुनाफाबाटै प्रतिशेयर आम्दानी १५.२९ रुपैयाँ रहेको छ ।

खुद व्याजद आम्दानी १० प्रतिशतले बढेर ५ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । यस वर्ष कर्जा विस्तार भने १.६ प्रतिशतले घटेको छ । निक्षेप भने ६.३ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकले एक खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।

गएको वर्ष मुनाफा वितरण गर्न नपाएको बैंकको यस वर्ष जगेडा कोष २४ प्रतिशतले बढेको छ । जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ छ ।

पूँजीकोष अनुपात  १३.५७ प्रतिशत रहेको बैंकको खराव कर्जा भने १.०८ प्रतिशत विन्दुले बढेको छ । असारसम्ममा खराव कर्जा २.१२  प्रतिशत पुगेको छ । त्यस्तै कष्ट अफ फण्ड पनि ८.०७ प्रतिशत छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार