Nepal Life

अप्पर लोहोरेखोला हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन दिन पाइने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 05:27
अप्पर लोहोरेखोला हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन दिन पाइने
Sanima Reliance

काठमाडौं । अप्पर लोहोरेखोला हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँको अंकित मूल्यमा सर्वसाधारणलाई १९ लाख ५३ हजार २७९ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसअघि स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओ बाँडफाँट भइसकेको छ ।

NIMB

कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारी र ९९ हजार ४१२ कित्ता म्युचुअल फण्डहरुलाई पनि छुट्याएको छ । कम्पनीको जारी पुँजी ५० करोड ९८ लाख रुपैयाँ छ । जसको ४९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आइपीओ निष्कासन गरेको हो ।

न्यूनतम १० कित्तादेखि बढीमा २५ हजार कित्तासम्म आइपीओमा आवेदन दिन पाइनेछ । कम्पनीले छिटोमा साउन २२ गतेसम्म बिक्री खुला गर्नेछ । यदि २२ गतेसम्म सबै आइपीओ नबिके साउन ३२ गतेसम्म बिक्री खुला गर्न सक्ने छ ।

कम्पनीले ४ मेगावाटको माथिल्लो लोहोरे साना खोला जलविद्युत आयोजना निर्माण गर्दैछ । अनुमानित प्रतिमेगावाट लागत २३ करोड ६८ लाख र कुल लागत ९४ करोड ७२ लाख रुपैयाँ पुग्ने बताइएको छ । कम्पनीका अनुसार आयोजनाको लगानी ८.२२ वर्षमा फिर्ता हुनेछ। र छुट अवधि १७.८४ वर्षमा फिर्ता गर्ने जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया