Nepal Life

सूचक र कारोबारमा सुधार सँगै शेयर बजार लयमा फर्कियो, किन बढ्यो बजार (यस्तो छ कारण)

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 Apr Tue 15:06
सूचक र कारोबारमा सुधार सँगै शेयर बजार लयमा फर्कियो, किन बढ्यो बजार (यस्तो छ कारण)
Sanima Reliance

काठमाडौं । नेप्से सूचक र कारोबार रकम दुबैमा सुधार सँगै शेयर बजार लयमा फर्किएको छ । लामो समयदेखि डिप्रेस बजारमा सुधारको संकेत सँगै लगानीकर्ता बजार प्रवेश गरेका छन् ।

NIMB

मंगलबार नेप्से सूचक २५.९३ अंकको सुधार सँगै २००६.२८ अंक कायम भएको छ । सूचक मात्रै होइन आज कारोबार रकममा पनि व्यापक सुधार देखिएको छ । आज ४ अर्ब ७५ करोडको कारोबारले लगानीकर्ता हौसिएका छन् । आजको कारोबार संस्थापक शेयरको रकमले होइन वास्तविक दोस्रो बजारका लगानीकर्ताकै कारोबारबाट बढेको हुँदा शेयर बजार सुधारको लयमा देखिएको हो ।  

बजार अन्त्यन्तै तल्लो विन्दुमा रहेकाले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु बजार प्रवेश गर्दा शेयर बजार बढेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने ‘बजार बढ्नै पर्ने थियो । अर्को कुरा बजार सधै घटिरहदैन । लगानीकर्ताका लागि यो भन्दा उपयुक्त अवसर हुनै सक्दैन ।’

तेस्रो त्रैमाशिक अवधिमा बैंक वित्तीय संस्थाको वित्तीय अवस्था कमजोर देखिएकाले बैशाख पहिलो र दोस्रो सातामा लगातार बढ्यो । यसरी बजार एकोहोरो घट्दा १९६५ अंकसम्म झर्यो । प्राविधिक विश्लेषकहरुले १९६० मा बजारमा बलियो सपोर्ट रहेको हुँदा यहिबाट फर्किने आकलन गरेका थिए । सोहि अनुरुप बजारमा सुधार पनि देखियो । यसले गर्दा पनि लगानीकर्ताहरु बजारमा प्रवेश गरेका हुन् ।

यसै सन्दर्भमा सरकारले लगानीसम्मेलन गर्यो । लगानी सम्मेलनमा सोचे अनुरुप लगानीको प्रतिवद्धता नआए पनि अन्तर्राष्ट्रिय जगतमा नेपालमा लगानीको अवसर छ है भन्ने सन्देश प्रभाव भयो । यसले गर्दा लगानीकर्तामा उत्साह थपिएको हो ।

बजार सबैभन्दा तल्लो विन्दु १९६५ बाट २२०० अंकको स्ट्रङ अवरोधसम्म पुग्दा पनि लगानीकर्ताले राम्रै कमाउने अवसर बन्छ । यसले गर्दा बजारमा साना ठुला दुबै किसिमका लगानीकर्ताको सक्रियता बढेको छ । संस्थागतदेखि लिएर ठुला लगानीकर्ताहरुले समेत कारोबार बढाउदा कारोबार रकममा आज व्यापक सुधार देखिएको छ । २ अर्ब भन्दा तल झरेको कारोबार मंगलबार ४ अर्ब नाघ्नुले पनि बजारमा अवसर छ है भन्ने सन्देश प्रवाह भएको बजार विश्लेषकहरु बताउछन् । सूचक सँगै कारोबार रकमले पनि सपोर्ट गर्दा बजारमा राम्रो सुधार देखिएको हो ।

अर्को तर्फ इलामको चुनावमा नव उदयमान शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले लज्जास्पद हार बेहोर्नु परेको छ । इलामको चुनावले सत्ता समिकरणमा नेकपा एमालेको आगामी भविष्य बलियो देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन २०८४ भन्दै हिड्दा नेकपा एमालेको जनाधार बलियो देखिनुले राजनीतिक बृत्तमा अर्को तरङ्ग पैदा भएको छ । नेकपा ऐमाले र माओवादीको समन्वय रहिरह्यो भने २०८४ अहिलेकै सत्ता समिकरणका लागि सहज हुने देखिएको छ । यस्तो अवस्थामा अव सरकारमा नेकपा एमालेले सकारात्मक भुमिका खेल्ने विश्लेषण गरिएको छ ।

अझै पनि सत्ता साझेदार एमालेले सरकारले भित्री रुपमा खासै सहयोग गरिरहेको थिएन । अव सरकारमा एमाले हाबी भयो भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि सकारात्मक भुमिका खेल्न सक्ने विश्लेषण गरिएको छ ।

बजारमा अझै पनि शेयर धितोकर्जामा लगाइएको क्यापले ठुलो असर पुर्याएको छ । बजार बढ्दै गर्दा कारोबार रकम बढाउन ठुला लगानीकर्ताले कारोबारको सिमा हटाउनु पर्छ । यसो भयो भने बजारले अवका दिनमा सुधारको गति लिने विश्लेषकहरु बताउछन् ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउदैछ । बजेटलाई लिएर पनि लगानीकर्ताले अवको केहि दिन राम्रै हल्ला मच्चाउने छन् । यस क्रममा ठुला लगानीकर्ताले बजारबाट राम्रै पैसा बनाउने निश्चित छ ।

बजार घट्दा पनि पोर्टफेलियो बढाउदै लगानीकर्ता

पछिल्ला दिनमा लगानीकर्ताहरु सूचक भन्दा पनि सेक्टरमा खेल्न थालेका छन् । सूचक घटिरहदा उपसूचकमा सुधार देखिने गरेको छ । गएका दिनमा फाइनान्सका शेयरधनीहरुले राम्रो पैसा कमाए । आज फाइनान्सका शेयरधनीले अधिकतम मूल्यमा शेयर बिक्री गरेर अन्य पोर्टफेलियोमा लगानी गरेका छन् । आज विकास बैंकको सूचकमा उछाल देखिएको छ । अधिकाम्स विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारको सुरुवातमा फाइनान्सको सूचकमा सकारात्मक सर्किट लागेकोमा २ बजेपछि लगानीकर्ताले फाइनान्समा नाफा बुक गरेर विकास बैंक तथा उत्पादन तथा प्रशोधनमुलक कम्पनीमा लगानी गरेका छन् ।

स्मार्ट लगानीकर्ताले बढेका कम्पनीको शेयर बिक्री गर्दै तल्लो विन्दुमा रहेका कम्पनीको शेयर उठाउने गर्छन् । यस क्रममा बढेको देखेर शेयर किन्नेहरु नोक्सानमा देखिन्छन् । बाणिज्य बैंक बाहेक अन्य समुहका कम्पनीको शेयर मूल्य धेरै माथि छ । बाणिज्य बैंकको शेयरमा खेल्न नसकिने भएकाले लगानीकर्ताले क्रमिक रुपमा कम क्याप भएका कम्पनीमा पालै पालो बढाउने गरेको देखिन्छ । यसले बजारलाई चलायमान भने बनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया