NIMB Header 2
Nepal Life

बालेनको उदय, जिम्मेवारीको भार: इतिहास लेख्ने ३०,००० घण्टा

IME LIFE
  • BFIS News
  • 2026 Mar 26 21:03
बालेनको उदय, जिम्मेवारीको भार: इतिहास लेख्ने ३०,००० घण्टा
United Ajod

काठमाडौँ । प्रतिनिधि सभा सदस्य सागर ढकालले आगामी दिनहरूलाई केवल उत्सवको रूपमा नभइ जिम्मेवारीको कठोर परीक्षणको रूपमा लिनुपर्ने धारणा राखेका छन्।

Nepal Life
NIMB

'अब करिब ३०,००० घण्टा बाँकी छ। एक यस्तो समयावधि जसमा केवल शासन सञ्चालन मात्र होइन, इतिहास निर्माणको लक्ष्य पनि जोडिएको छ।' उनि भन्छन् “समय सोचेभन्दा छिटो बित्छ।,” उनले सरकार सजग र सचेत रहनुपर्नेमा जोड दिएका छन्।

यसैबीच, बालेन शाहको नेतृत्वमा बनेको नयाँ सरकारले विश्वमै एउटा फरक सन्देश दिन खोजेको देखिन्छ। भोलिदेखि, उनी संसारभरका बहालवाला प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा कान्छो बन्ने दाबी गरिएको छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

ढकालका अनुसार, यो केवल नेपालभित्रको राजनीतिक परिवर्तन मात्र होइन, विश्वस्तरमै नेतृत्व परिवर्तनको एउटा नयाँ दृष्टान्त बन्न सक्छ। “हामी नेपालको मात्र होइन, विश्वकै नयाँ इतिहास रच्दै छौँ,” उनले भने।

यद्यपि, उनले उत्साहभन्दा बढी जिम्मेवारीप्रति गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए। उनका शब्दमा, यो अवसरसँगै ठूलो चुनौती पनि आएको छ, जसलाई सफलतापूर्वक सामना गर्न सके नेपालको इतिहासमा यो अध्याय सबैभन्दा सफल बन्न सक्छ।

नयाँ सरकारको प्रारम्भसँगै अब जनताले अपेक्षा गरेको परिणाम कति छिटो र प्रभावकारी रूपमा देखिन्छ भन्ने प्रश्नले प्रमुख स्थान लिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया