Nepal Life

ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको तयारी

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 22:00
ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको तयारी
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने तयारी गरेको छ । अर्थमन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा धितोपत्र बोर्डको आगामी बैठकबाट १० प्रतिशत घटाउने योजना बनाएको छ । 

NIMB

एक वर्षअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ब्रोकर कमिसन घटाउने विषयमा अध्ययन भएको थियो । सो समितिले हाल कायम कमिसन दर बढी भएको भन्दै १० प्रतिशतका दरले घटाउन सुझाव दिएको थियो । अध्ययन समितिको प्रस्तावअनुसार नै ब्रोकर कमिसन घटाउने गरी स्वीकृत भएको छ । त्यसलाई आउँदो बोर्ड बैठकबाट पास गरेपछि कार्यान्वयनमा लैजानेछ । 

बोर्डका अनुसार सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर ०.३६ प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशतलाई पनि घटाएर ०.२४३ प्रतिशत कायम गर्ने प्रस्ताव छ । यसअघि १० पुस ०७७ मा ०.४० प्रतिशतदेखि ०.२७ प्रतिशतसम्म कमिसन दर निर्धारण गरिएको थियो । यो व्यवस्थाअनुसार हाल ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क तोकिएको छ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.३० प्रतिशत र एक करोडमाथिको कारोबारमा ०.२७ प्रतिशतसम्म कमिसन ब्रोकरले लिन पाउँछन् ।   

बोर्ड बैठकले नयाँ दर लागू गरेपछि भने ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन लाग्नेछ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र एक करोडभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन तोकिने बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डको कमिसन पनि १० प्रतिशतले घट्ने 

धितोपत्र बोर्डले प्रत्येक कारोबारमा लिँदै आएको कमिसन पनि १० प्रतिशतले घट्ने भएको छ । बोर्डले सेवा शुल्कबापत ०.६ प्रतिशत नियमन शुल्क लिने गरेकोमा ०.५४ प्रतिशत मात्रै पाउने भएको हो । लगानीकर्ताले गर्ने कारोबारबापत धितोपत्र बोर्डले प्राप्त गर्दै आएको कमिसन ७ प्रतिशत घटाएको छ । बोर्डले लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१५ प्रतिशत कमिसन बोर्डले प्राप्त गर्दै आएको छ । अब प्रस्तावअनुसार कार्यान्वयनमा आएमा बोर्डले ०.०१४ प्रतिशत कमिसन प्राप्त गर्नेछ । 

अर्थमन्त्री पुनले तीनवटै निकायसँग गत २६ फागुनमा पुँजी बजार सुधारका लागि कार्ययोजना मागेका थिए । धितोपत्र बोर्डले पुँजी बजारसँग सरोकार राख्ने निकायसँग सुझाव मागेर अर्थ मन्त्रालयमा पेस गरेको थियो । उक्त सुझावमा ब्रोकर कमिसन घटाउनुपर्ने विषयलाई बोर्डले प्राथमिकताका साथ पेस गरेको थियो । लगानीकर्ताले पनि ब्रोकर संख्या थपिएपछि कमिसन घटाउनुपर्ने माग राख्दै आएका थिए । तर, अहिलेको बजारलाई हेरेर ब्रोकर कमिसन घटाउन नहुने भन्दै ब्रोकर कम्पनीहरूले भने विरोध जनाएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया