Nepal Life

नेपाल वेयरहाउजिङ कम्पनीको लक-इन अवधि कहिले सकिँदैछ?

Global Ime detail Page
  • BFIS News
  • 2024 May Wed 09:15
नेपाल वेयरहाउजिङ कम्पनीको लक-इन अवधि कहिले सकिँदैछ?
Sanima Reliance

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक-इन अवधि जेठ १९ गते सकिने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँ बराबरको ६८ हजार ७ सय ५० कित्ता शेयरको लक-इन अवधि जेठ १९ गते सकिन लागेको जानकारी दिएको हो ।

NIMB

कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ गत मंसिर २० गते बाँडफाँट गरेको थियो । आगामी जेठ १९ गते उक्त साधारण शेयर बाँडफाँट भएको ६ महिना पुग्दैछ। साधारण शेयर बाँडफाँट भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर रोक्का हुने प्रावधान छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया