NIMB Header 2
Nepal Life

प्रिमियम मूल्यमा आइपिओ निष्कासन घोषणा गरेको सोपानले तोक्यो बिक्री प्रबन्धक

National Life
  • BFIS News
  • 2024 May 01 09:25
प्रिमियम मूल्यमा आइपिओ निष्कासन घोषणा गरेको सोपानले तोक्यो बिक्री प्रबन्धक
Sanima Reliance

काठमाडौं। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने घोषणा गरेको सोपान मल्टिपल कम्पनी लिमिटेडले बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

Shikhar
NIMB

यस सम्बन्धी सम्झौतामा सोपान मल्टिपल कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा. ई. ताराप्रसाद पोखरेल र एनएमबी क्यापिटलका तर्फबाट सिइओ दिपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।  

आगामी वैशाख २२ गते आयोजना हुने कम्पनीको १५ औं वार्षिक साधारण सभाबाट प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०७ रुपैयाँमा आइपिओ निष्कासन गर्ने तयारी गरेको छ। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.८५ रुपैयाँ रहेको र फेयर मार्केट भ्यालु ४५० रुपैयाँभन्दा माथि रहेको छ।  

कम्पनीले आफ्नो पूँजी १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पु्र्‍याउने योजना बनाएको छ। जस अन्तर्गत संस्थापकतर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपीओ जारी हुने सहमति पत्रमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया