सिटिजन लाइफले आइपिओ निष्काशन गर्दाको प्रिमियमबाट बम्पर लाभांश घोषणा, २६.९८ प्रतिशत बोनस शेयर
- BFIS News
- 2024 May Mon 10:05
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्दा आर्जन गरेको प्रिमियम रकमबाट बम्बर लाभाशं घोषणा गरेको छ ।
सिटिजन लाइफले आइपिओ निष्काशन गर्दा आर्जन गरेको प्रिमियम रकमबाट चुक्ता पूँजी ३ अर्ब ९३ करोडको २६.९८ प्रतिशत अर्थात एक अर्ब ६ करोड रुपैयाँ बोनस शेयर दिने भएको हो ।
बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको ५ अर्ब नाघ्नेछ । सिटिजन सहित प्रिमियममा आइपिओ निष्काशन गरेका आइएमई लाइफ, सन नेपाल लाइफले पनि पूँजी जुटाइसकेका छन् । रिलायबल नेपालले भने बोनस शेयर वितरण गर्न बाँकी छ ।
प्रतिक्रिया