मासिक शुल्क नतिरेपछि ब्रोकर नम्बर ९२ को टिएमएस बन्द
- BFIS News
- 2024 May Mon 12:45
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ब्रोकर नम्बर ९२ को टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम) बन्द गरिदिएको छ। मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेका कारण उक्त ब्रोकर कम्पनीको टिएमएस बन्द गरिदिएको हो।
टिएमएस बन्द भए सँगै लगानकर्ताहरु कारोबार गर्नबाट बञ्चित भएका छन् । यसरी कारोबार बन्द गर्दा पनि उक्त ब्रोकर नेप्सेको सम्पर्कमा पुगेको छैन । ब्रोकरहरुले नेप्सेको टिएमएस सञ्चालन गरेबापत नियमित रुपमा शुल्क भुक्तानी गर्नु पर्छ ।
प्रतिक्रिया