ज्योति विकास बैंकले आह्वान गरेको जागिरमा आवेदन दिने आज अन्तिम दिन, ३० भन्दा धेरैलाई अवसर

  • BFIS News
  • 2023 Aug Fri 12:59
ज्योति विकास बैंकले आह्वान गरेको जागिरमा आवेदन दिने आज अन्तिम दिन, ३० भन्दा धेरैलाई अवसर

काठमाडौं । ज्योति विकास बैंकले आह्वान गरेको एएमएल सिएफटी कम्पान्स विभाग तथा जुनियर ट्रेनी एसिस्टेन्ट पदका लागि आजसम्म आवेदन दिन पाइनेछ । आजसम्म आवेदन दिनेले मात्रै रोजगारीका लागि अवसर पाउने बैंकले जनाएको छ ।  ३० भन्दा धेरैको लागि विज्ञापन आह्वान गरेको छ ।

बैंकले एएमएल सिएफटी विभागमा केहि कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । यसका लागि व्यवस्थापन, कानुन, फाइनान्स, अर्थशास्त्रमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी, एसिसिए उपाधि हासिल गरेको हुनु पर्नेछ । यसका लागि सम्बन्धित विभागमा कम्तिमा पनि २ वर्षको कार्यानुभव हुनु पर्नेछ । व्यवस्थापकीय विभागका लागि ४० वर्ष उमेर ननाघेको र अफिसर तथा सहायक स्तरको कर्मचारीको हकमा ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।

त्यस्तै काठमाडौं उपत्यका भन्दा बाहिरको शाखा कार्यालयका लागि जुनियर ट्रेनी एसिस्टेन्ट पदमा ३० जना भन्दा धेरैलाई जागिर खुला गरिएको छ । यसका लागि कम्तिमा पनि स्नातक गरेको हुनु पर्नेछ । २८ वर्ष उमेर ननाघेका नेपालीहरुले आवेदन दिन सक्ने छन् । बैंकले लिखित र अन्तरवार्ताबाट छनोट गर्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया