NIMB Header 2
Nepal Life

साताको कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम पनि बढ्यो

IME LIFE
  • BFIS News
  • 2024 May 09 15:47
साताको कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम पनि बढ्यो
United Ajod

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.६३  अंकले बढेको छ। नेप्से १ हजार ९ सय ६६.२३ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२८ प्रतिशतले बढी हो । यो साता भएका पाँच कारोबार दिनमध्ये तीन दिन नेप्से घट्यो भने दुई दिन बढ्यो।

Nepal Life
NIMB

बिहीबारको बजारमा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बुधबार २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५८ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१३ वटा धितोपत्रको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटाकै घटेको छ। यस्तै, १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

यसदिन ओरियन्टल होटलको सेयरमूल्य सर्वाधिक ८.४६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७६९ रूपैयाँ कायम भएको छ। यस्तै, सिटी होटलको सेयर मूल्य ७.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६२२ रूपैयाँ कायम भएको छ।

कुमारी सबल योजनाको मूल्य सर्वाधिक ८.४८ प्रतिशतले घटेको छ। उक्त योजनाको इकाइ मूल्य ७ रूपैयाँ ९९ पैसा कायम भएको छ। यस्तै, सबैको लघुवित्तको मूल्य ४.७६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८४० रूपैयाँमा झरेको छ।

बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४८ रूपैयाँमा १६ करोड ९७ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.८१ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६१ रूपैयाँमा १४ करोड ४७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको भने बाँकी १० समूहको परिसूचक घटेको छ। यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया