धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि माग्यो सुझाव
- BFIS News
- 2024 May Fri 18:42
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम लक्षित सुझावका लागि आह्वान गरेको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजारसम्बन्धी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालासँग सल्लाह, सुझाव मागेको हो।
बोर्डले प्रत्येक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवालासँग सुझाव लिँदै आएको छ। बजारको विकास तथा सुधारका लागि रचनात्मक सल्लाह र सुझाव जेठ १५ सम्म इमेलबाट पठाइदिन बोर्डको सूचनामा भनिएको छ।
प्रतिक्रिया