NIMB Header 2
Nepal Life

साताको कारोबारको पहिलो दिनमै बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

National Life
  • BFIS News
  • 2024 May 12 15:49
साताको कारोबारको पहिलो दिनमै बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आज नेप्से परिसूचक ८.२६ अंकले बढेको छ। यसदिन नेप्से ०.४२ प्रतिशतले बढेर १९७४.५० विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

आइतबारको बजारमा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३११ वटा धितोपत्रको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटाकै घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन श्रीजनशील लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३७२ रूपैयाँ ८० पैसा कायम भएको छ। यस्तै, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ७.५२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार १६३ रूपैयाँ ४० पैसा कायम भएको छ।

मानुषी लघुवित्तको मूल्य सर्वाधिक ५.४४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य एक हजार दुई सय रूपैयाँ कायम भएको छ। यस्तै, दोल्ती पावरको मूल्य ४.५९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२६ रूपैयाँमा झरेको छ।

आइतबार सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३१८ रूपैयाँ १० पैसामा १० करोड ५० लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.९९ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६५६ रूपैयाँमा ८ करोड ०६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, होटल्स तथा पर्यटन र लघुवित्त समूहको परिसूचक घटेको भने बाँकी १० समूहको परिसूचक घटेको छ।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया