कृषि विकास बैंकको मुनाफा ३९ प्रतिशतले बढ्यो, सिइओ गुरुङले ५ महिनामै देखाए उल्लेख्य सुधार

  • BFIS News
  • 2023 Aug Sat 06:46
कृषि विकास बैंकको मुनाफा ३९ प्रतिशतले बढ्यो, सिइओ गुरुङले ५ महिनामै देखाए उल्लेख्य सुधार

काठमाडौं । कृषि विकास बैंकको मुनाफा ३९ प्रतिशतले बढेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय बैंकमा काम गरिसकेका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्नो कार्यकालको ५ महिनामै बैंकको मुनाफामा उल्लेख सुधार ल्याउन सफल भएका छन् ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा २ अर्ब २२ करोड मात्रै थियो । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँबाट २० रुपैयाँ पुगेको छ । वितरणयोग्य मुनाफा भने यस वर्ष घटेको छ । लेखापरीक्षण पश्चात यस्तो रकम बढ्ने गर्छ ।

बैंकको निक्षेप संकलन १९.७५ प्रतिशतले बढेको छ भने कर्जा विस्तार सामान्य गिरावट देखिन्छ । यसले गर्दा बैंकको खुद व्याज आम्दानी पनि ३.२९ प्रतिशतले घटेको छ । अर्थतन्त्र सामान्य हुने वित्तीकै बैंकले आफ्नो कर्जा विस्तार गर्ने बनाएर राखेको छ । समिक्षा अवधिमा बैंकले ८ अर्ब ८ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ ।

असार मसान्तसम्ममा बैंकले एक खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले एक खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । बैंकले यस वर्ष निक्षेप मात्रै १९.७५ प्रतिशतले बढाएको छ ।

पूँजीकोष अनुपात १५.०५ प्रतिशत छ भने खराव कर्जा सामान्य बढेको छ । खराव कर्जा २.४८ प्रतिशत छ । स्प्रेडदर पनि घटाएको देखिन्छ । स्प्रेडदर ३.९४ प्रतिशत छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया