नेपाल बैंकको मुनाफा १६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २३ रुपैयाँ

  • BFIS News
  • 2023 Aug Sat 11:54
नेपाल बैंकको मुनाफा १६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २३ रुपैयाँ

काठमाडौं । नेपाल बैंकको मुनाफा १६ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नेपाल बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा २ अर्ब ९२ करोड रुपैयाँ थियो । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी पनि २३ रुपैयाँ पुगेको छ ।

खुद व्याज आम्दानी ४० प्रतिशतले बृद्धि हुँदा बैंकको मुनाफामा मद्दत पुगेको हो। समिक्षा अवधिमा बैंकले ९ अर्ब ४४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।  

मुनाफा बढे पनि वितरणयोग्य मुनाफा भने ७१ प्रतिशतले घटेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार वितरण योग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ मात्रै छ । यो लेखापरीक्षण पनि परिवर्तन हुन्छ ।

बैंकले समिक्षा अवधिमा २४ प्रतिशतले निक्षेप बढाएर ४.३२ प्रतिशतले कर्जा विस्तार गरेका छन् । बैंकले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । चुक्ता पूँजी १४ अर्ब ६९ करोड रहेको छ भने जगेडा कोषमा २०अर्ब ९१ करोड रुपैयाँ जम्मा भएको छ । खराव कर्जा १.०२ प्रतिशतले विन्दुलेबढेर २.८५ प्रतिशत पुगेको छ र बैंकको कस्ट अफ फण्डमा पनि १.०३ प्रतिशत विन्दुले बढेर ६.९७ प्रतिशत छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया