मर्जर पछि प्रभु बैंकका सम्पुर्ण सूचकमा सुधार, खुद व्याज आम्दानी ७८ प्रतिशतले बढ्यो

  • BFIS News
  • 2023 Aug Sat 12:39
मर्जर पछि प्रभु बैंकका सम्पुर्ण सूचकमा सुधार, खुद व्याज आम्दानी ७८ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैंकले सेन्चुरी बैंकलाई मर्ज गरे सँगै सम्पुर्ण वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ । मर्जर पछि बैंकको खुद व्याज आम्दानी ७८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा बैंकको मुनाफा ४८ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकले २ अर्ब ८२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा प्रभु बैंक एक्लैले एक अर्ब ९० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस वर्षमा बैंकले सञ्चुरीलाई गाभे सँगै खुद व्याज आम्दानी १० अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी यस भन्दा अघिल्लो वर्ष ५ अर्ब ४० करोड थियो । आर्थिक मन्दीले कर्जा विग्रिए पछि खराव कर्जा पनि ह्वात्तै बढेको छ । खराव कर्जा २.३० प्रतिशतले विन्दुले बढेर ४.१६ प्रतिशत पुगेको छ । खराव कर्जा बढे सँगै बैंकले २ अर्ब ४३ करोड रुपैयाँ बराबरको लोन लस प्रोभिजनिङ गर्नु परेको छ । यदि खराव कर्जालाई प्रोभिजनिङ गर्नु नपरेको भए बैंकले अन्य बाणिज्य बैंकहरुलाई उछिन्ने अवस्थामा पुग्थ्यो ।

निक्षेप संकलन ६१ प्रतिशतले बढ्दा कर्जा विस्तार ६३ प्रतिशतले भएको छ । समिक्षा अवधिमा बैंकले २ खर्ब ८९ अर्ब रुपैया निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँको कर्जा विस्तार गरेको छ । एनएफआरएस अनुसार बैंकले धेरै वटा विषयमा रेगुलेटरी एडजस्टमेन्ट गर्नु परेकाले वितरण योग्य मुनाफा धेरै देखिन्छ । तर लेखापरिक्षण पश्चात यस्तो रकम आफै सुधार हुनेछ ।

चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब २ करोड जम्मा भएको छ । मुनाफाका आधारमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ । यस वर्ष जगेडा कोष बलियो भएकाले बैंकले जगेडाबाटै बोनस शेयर दिएर पूँजी बढाउन सक्ने अवस्था रहेको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया