Nepal Life

सांग्रीला डेभलपमेण्ट बैंकको खुद नाफा ३४ करोड ३७ लाख रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2023 Aug 05 13:26
सांग्रीला डेभलपमेण्ट बैंकको खुद नाफा ३४ करोड ३७ लाख रुपैयाँ
National Life

काठमाडौं ।  सांग्रीला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
NIMB

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ८९ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ७ रुपैयाँ ६२ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ७.६२ प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा बैंकको खराब कर्जा बढेर १.३९ प्रतशितबाट ३.०६ प्रतिशतमा पुगेको छ ।

विवरण सांग्रिला डेभलपमेन्ट बैंक
असार २०७९/८० असार २०७८/७९
वितरण योग्य मुनाफा 248,954,218.05 270,444,268.11
प्रतिशेयर आम्दानी Rs. 10.52 Rs. 19.79
पिइ रेसियो 30.61 19.05
प्रतिशेयर नेटवर्थ Rs.139.42 Rs.141.52
प्रति शेयर सम्पत्ती Rs.1,797.43 Rs.1,978.92
तरलता  27.26% 25.36%

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया