एनएमबी बैंकको खुद व्याज आम्दानी ३० % ले बढ्यो, मुनाफा ३ अर्ब ४१ करोड सहित अधिकाम्स सूचकमा सुधार

  • BFIS News
  • 2023 Aug Sun 04:31
एनएमबी बैंकको खुद व्याज आम्दानी ३० % ले बढ्यो, मुनाफा ३ अर्ब ४१ करोड सहित अधिकाम्स सूचकमा सुधार

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा ३०.६० प्रतिशतले खुद व्याज आम्दानी बढाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षमा ८ अर्ब ३४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जवकी यस भन्दा अघिल्लो वर्षमा ६ अर्ब ३८ करोड मात्रै थियो ।

त्यस्तै मुनाफा पनि ३.६३ प्रतिशतले बढेर तीन अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले तीन अर्ब २९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले १३.७९ ले निक्षेप सुधार गर्दै ८.२२ प्रतिशतले कर्जा विस्तार गरेको छ । बैंकले २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको हो ।

यस वर्ष बैंकको वितरण योग्य मुनाफा एक अर्ब ५० करोड रुपैयाँ देखिएको छ । यस्तो मुनाफा लेखापरीक्षण पछि फरक पर्न सक्छ । खुद मुनाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी १८.१७ रुपैयाँ छ ।

चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोष २५ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । पूँजी कोष अनुपात १२.८ प्रतिशत रहेको बैंकको खराव कर्जा भने १.२७ प्रतिशत विन्दुले बढेर २.७२ प्रतिशत पुगेको छ । यस वर्ष आर्थिक मन्दी र कोभिड १९ को अन्तिम प्रभाव बजारमा देखिएको छ ।  स्प्रेडदर ४.०५ प्रतिशतबाट ३.९९ प्रतिशतमा झरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया