मर्जर पछि ग्लोबल आइएमई बैंकको मुनाफा ४६ प्रतिशतले बढ्यो, यस्ता छन् आक्रामक सुधारका सूचक

  • BFIS News
  • 2023 Aug Sun 05:05
मर्जर पछि ग्लोबल आइएमई बैंकको मुनाफा ४६ प्रतिशतले बढ्यो, यस्ता छन् आक्रामक सुधारका सूचक

काठमाडौं । मर्जर पछि ग्लोबल आइएमई बैंकले अधिकाम्स सूचकमा सुधार गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ४६ प्रतिशतले बढाएको छ । बैंकले गत वर्ष बैंक अफ काठमाण्डूलाई गाभेर अधिकाम्स सूचकमा आफुलाई पहिलो नम्बरमा उभ्याएको छ ।

बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी यस भन्दा अघिल्लो वर्षम ४ अर्ब ९५ करोड थियो । त्यस्तै खुद व्याज आम्दानी ६६ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकले १७ अर्ब ११ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यस भन्दा अघिल्लो वर्षमा १० अर्ब २८ करोड थियो ।

एक वर्षको अवधिमा बैंकले ५३ प्रतिशतले निक्षेप बढाउनुका साथै ३८ प्रतिशतले कर्जा विस्तार गरेको छ । समिक्षा अवधिमा बैंकले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । वितरण योग्य मुनाफा भने ३ अर्ब ४ करोड रुपैयाँ मात्रै छ । यो लेखापरीक्षण पछि परिवर्तन हुन्छ ।

पूँजीकोष  अनुपात १३.३७ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ८.१८ प्रतिशत छ । खराव कर्जा १ दशमबल ८ प्रतिशत विन्दुले बढेर ३.०८ प्रतिशत पुगेको छ । स्प्रेडदर ४.९६ प्रितशत देखिन्छ । यो नियामकको निर्देशन भन्दा धेरै हो । प्रतिशेयर आम्दानी २०.७७ रुपैयाँ छ । बैंकले मर्जर पछि पनि प्रतिशेयर आम्दानीलाई कायम राख्न सफल देखिन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया