नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ४ अर्ब २९ करोड, खुद व्याज आम्दानी ११० प्रतिशतले बढ्यो

  • BFIS News
  • 2023 Aug Sun 05:37
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ४ अर्ब २९ करोड, खुद व्याज आम्दानी ११० प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा १३.१४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब २९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकको खुद व्याज आम्दानी भने ११० प्रतिशतले बढेको छ । मर्जर पछि बैंकको खुद व्याज आम्दानी १२ अर्ब २७ करोड पुगेको छ ।

वितरण योग्य मुनाफा २ अर्ब ६० करोड रहेको छ भने मुनाफाका आधारमा प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको नियम विपरित बैंकको स्प्रेडदर ४.९९ प्रतिशत देखिन्छ । खराव कर्जा पनि २.८६ प्रतिशत विन्दुले बढेर ४.३५ प्रतिशत पुगेको छ । बैंकका केहि कर्जा नराम्रो सँग विग्रिदा यस्तो अवस्था आएको हो । समिक्षा अवधिमा बेंकले ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । चुक्ता पूँजी ३४ अर्ब रहेको छ भने जगेडा कोषमा २३ अर्ब ८९ करोड जम्मा भएको छ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया