लक्ष्मी सन राइज बैंकको मुनाफा ४९ प्रतिशतले बढ्यो, वितरण योग्य मुनाफा कति ?

  • BFIS News
  • 2023 Aug Sun 06:00
लक्ष्मी सन राइज बैंकको मुनाफा ४९ प्रतिशतले बढ्यो, वितरण योग्य मुनाफा कति ?

काठमाडौं । लक्ष्मी सन राइज बैंकको मुनाफा ४९ प्रतिशलते बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा २ अर्ब २६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकको मुनाफा एक अर्ब ५१ करोड थियो ।

बैंकले खुद व्याज आम्दानी ४६ प्रतिशतले बढाएर ५ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ । मसिक्षा अवधिमा बैंकले २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । खराव कर्जा १ दशमलब ९२ प्रतिशत विन्दुले बढेर २.८१ प्रतिशत पुगेको छ ।  बैंकको प्रतिशेयर आम्दानी १९.४४ रुपैयाँ रहेको छ भने यस वर्षको वितरणयोग्य मुनाफा एक अर्ब ९३ करोड छ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया