नविल बैंकको मुनाफा ७६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ हुँदा कति दिन सक्ला लाभांश ?

  • BFIS News
  • 2023 Aug Sun 06:29
नविल बैंकको मुनाफा ७६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ हुँदा कति दिन सक्ला लाभांश ?

काठमाडौं । नविल बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ७६.८६ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । नेपाल बंगालादेश बैंकलाई प्राप्ति गरे सँगै बैंकका हरेक सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षमा बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट २७ रुपैयाँ पुगेको छ ।

बैंकको लाभांश वितरण योग्य मुनाफा भने ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । वितरण योग्य मुनाफाबाट मात्रै पनि बैंकले १४ प्रतिशत लाभांश दिन सक्छ । जवकी बैंकको जगेडा कोष पूँजीकोष भन्दा ठुलो छ । बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ७ करोड रुपैयाँ छ ।

बैंकले समिक्षा अवधिमा २१ प्रतिशतले निक्षेप संकलन गरी १० प्रतिशतले कर्जा विस्तार गरेको छ । बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

कर्जामा आक्रामक नविल बैंकको खुद व्याज आम्दानी पनि १०१ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा बैंकले यस्तो आर्जन १७ अर्ब ९८ करोड रुपैयाँ गरेको छ । अन्य बैंकहरुको तुलनामा नविल बैंकको खराव कर्जामा त्यति ठुलो प्रभाव छैन । तैन पनि यस्तो खराव कर्जा सून्य दशमलब ५९ प्रतिशत विन्दुले बढेर १.२३ प्रतिशत छ ।  बैंकको स्प्रेडदर ४.९९ प्रतिशत छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार