एनआइसी एशियाको प्रतिशेयर आम्दानी ४० रुपैयाँ, यस्ता छन् बैंकका आकर्षक सूचकहरु

  • BFIS News
  • 2023 Aug Sun 06:57
एनआइसी एशियाको प्रतिशेयर आम्दानी ४० रुपैयाँ, यस्ता छन् बैंकका आकर्षक सूचकहरु

काठमाडौं । एनआइसी एशिया बैकले गत आर्थिक वर्षमा १०.३५ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले गएको आर्थिक वर्षमा ४ अर्ब ६५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । मर्जरले ठुला भएका बैंकहरुलाई पनि एनआइसी एशियाले टक्कर दिइरहेको छ ।

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरू माझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण अनुसार आफुलाई प्रतिशेयर आम्दानीमा सर्वाधिक अगाडी राख्न सफल भएको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७९/८० को चौथो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७१.५९ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१४.३१ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ४.६५ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (RoE) १७.०७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४०.२२ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २० वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई चौथो त्रयमाससम्ममा ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आ.व. २०७९/८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया