Nepal Life

स्ट्याण्डर्ड चार्टर्डको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ, लाभांश दिने क्षमता कति ?

NMB Bank
  • BFIS News
  • 2023 Aug 06 07:29
स्ट्याण्डर्ड चार्टर्डको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ, लाभांश दिने क्षमता कति ?
National Life

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५६ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो ।

Shikhar
NIMB

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर २८ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ४४.७३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४८.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५५.७९ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ९८ पैसा रहेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २५.३७ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६९ प्रतिशत बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया