गरिमा विकास बैंकको मुनाफा १८ प्रतिशतले बढ्यो, अधिकाम्स सूचकमा उल्लेख्य सुधार

  • BFIS News
  • 2023 Aug Sun 08:04
गरिमा विकास बैंकको मुनाफा १८ प्रतिशतले बढ्यो, अधिकाम्स सूचकमा उल्लेख्य सुधार

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० मा १८.१९ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले गत वर्ष एक अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको हो । यस भन्दा अघिल्लो आर्थिक वर्षमा एक अर्ब तीन करोड रुपैयाँ थियो ।

मुनाफामा सुधारसँगै प्रतिशेयर आम्दानीमा पनि सामान्य बृद्धि भएको छ । गत वर्ष बोनस शेयर दिएर पूँजी बढाउदा पनि बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजि ५ अर्ब १८ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब रुपैयाँ जम्मा भएको छ ।

समिक्षा अवधिमा बैंकले ७६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको हो । कर्जाको तुलनामा निक्षेप संकलनको बृद्धिदर धेरै छ । बैंकको खराव कर्जा ०.७ प्रतिशत विन्दुले बढेर १.५५ प्रतिशत पुगेको छ । बाणिज्य बैंकहरु यहि कारणले सबैभन्दा धेरै समस्यामा रहेका वेला गरिमाको खराव कर्जामा भने त्यस्तो धेरै बृद्धि भने भएको छैन । स्प्रेडदर ४.६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १३.७१ प्रतिशत छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया